बहिनी जिस्काएको भन्दै ललितपुरमा एक युवकले गरे आफ्नै साथीको हत्या-Sutra News

बहिनी जिस्काएको भन्दै ललितपुरमा एक युवकले गरे आफ्नै साथीको हत्या

बिहिबार, १४ चैत्र २०८१

बिहिबार, १४ चैत्र २०८१

काठमाडौं । ललितपुरको इमाडोलमा साथीको बहिनी जिस्काएको आरोपमा एक युवकले ज्यान गुमाएका छन्।



महालक्ष्मी नगरपालिका-४ ओचु हाइटमा रहेको मन्दिर अगाडि बुधबार राति एक युवकको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

हत्या भएका व्यक्ति रामेछाप घर भई ओचुहाइट बस्ने ३० वर्षीय रिपक खाती रहेका छन्।

उनको हत्या आरोपमा परिसर र प्रहरी वृत्त सातदोबाटोको टोलीले सोही ठाउँमा बस्ने २५ वर्षीय सुमन रसाइलीलाई पक्राउ गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्यामा अहिलेसम्म दिपकको मात्रै संलग्नता देखिएको छ।

‘अहिलेसम्म उनको मात्रै संलग्नता देखिएको छ। घटनास्थलबाटै उनलाई पक्राउ गरेका हौं। धेरै सोधपुछ गर्न भ्याइसकेका छैनौं,’ एसएसपी अधिकारीले भने।

यद्यपि प्रारम्भिक बयानमा उनले हत्याको कारण भने खुलाएका छन्। दिपककी अन्दाजी १५ वर्षकी बहिनीलाई खातीले जिस्क्याउने गरेको प्रारम्भिक बयानमा बताएका छन्।

‘बहिनीलाई जिस्क्याएको भन्ने कारण देखिन्छ। पहिले पनि जिस्क्याएको रहेछ। त्यतिबेला पनि सम्झाइबुझाइ गरेको भनेका रहेछन्,’ एसएसपी अधिकारीले भने।

आफूलाई फेरि जिस्क्याएको भनेर बहिनीले सुमनलाई बुधबार सुनाएकी थिइन्। त्यसपछि उनले रिपकलाई राति नै मन्दिरमा बोलाएका थिए। चिनजानकै भएकाले रिपक पनि मन्दिरमा आएका थिए।

मन्दिरमा आएपछि उनीमाथि सुमनले खुकुरी प्रहार गरी हत्या गरेको एसएसपी अधिकारीले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार