राजावादीलाई देउवाको चुनौती- कसैले रहर गर्दैमा गणतन्त्र जाँदैन, आशा नगरे हुन्छ-Sutra News

राजावादीलाई देउवाको चुनौती- कसैले रहर गर्दैमा गणतन्त्र जाँदैन, आशा नगरे हुन्छ

बिहिबार, १४ चैत्र २०८१

बिहिबार, १४ चैत्र २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको प्रत्यक्ष सहभागितामा संविधानसभामार्फत् गणतन्त्र आएकाले कसैले रहर गर्दैमा गणतन्त्र नजाने बताएका छन्।



पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित कार्यक्रममा सभापति देउवाले यस्तो बताए।

उनले भने, ‘हामी सबैले लडेर यो व्यवस्था ल्याएका हौं। जनताको इच्छाअनुसार संविधानसभामार्फत गणतन्त्र आएको हो। कसैले रहर गरेर हुने कुरा छैन। गणतन्त्र हट्नेवाला छैन। कसैले आशा नगरे हुन्छ।’

देउवाले अहिलेको संविधानमा हिमाल, पहाड, तराईका सबै जनता अटाउने, समावेशी, समानुपातिक प्रतिनिधित्व रहेको भन्दै यस्तो व्यवस्था हट्न नसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार