

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी वागमती प्रदेशले तारकेश्वर नगरपालिकामा ‘सर्वाङ्गीण संवाद’ कार्यक्रम गर्ने भएको छ । राष्ट्रिय तथा सामाजिक जीवनमा महत्वपूर्ण योगदान दिएका व्यक्तित्वलाई भेटघाट/संवाद गर्नेगरी सर्वाङ्गीण संवादको तयारी गरिएको आयोजकले जनाएको छ ।
रास्वपा वागमती प्रदेश सभापति डा. अच्युतम लामिछानेका अनुसार राष्ट्रिय तथा सामाजिक जीवनमा महत्वपूर्ण योगदान गरेका व्यक्तिहरुसंगको अन्तरक्रिया गरिने छ । शनिवार तारकेश्वर नगरपालिका ११ मा रहेको दियालो फुडल्यान्डमा हुने उक्त कार्यक्रमको प्रमुख वक्ताका रुपमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार रहेका छन् ।
उक्त कार्यक्रममा जिल्लाका सबै सामाजिक अभियान्तादेखि पार्टीका कार्यकर्ता समेतलाई सहभागी हुन अनुरोध गरिएको आयोजकले जनाएको छ ।