युट्युबर बने आमिर खान-Sutra News

युट्युबर बने आमिर खान

बिहिबार, १४ चैत्र २०८१

बिहिबार, १४ चैत्र २०८१

काठमाडौं । बलिउड अभिनेता आमिर खानले ‘आमिर खान टकिज’ नाम दिएर आफ्नो युट्युब च्यानल खोलेका छन्। यसबाट उनी आफ्नो फ्यानसँग कुराकानी गर्नेछन्।



आफ्नो युट्युब च्यानलमार्फत उनी अभिनेता/अभिनेत्री र फिल्म क्षेत्रसँग जोडिएका रोचक कुराकानीको खुलासा गर्नेछन्।

उनले आफ्नो युट्युब च्यानलको घोषणा गर्दै लेखेका छन्, ‘फिल्म, कथा, पर्दा पछाडिका कुरा। हामीले स्टोरीज बनाएका छौं, जुन हेरेर तपाईहरू हास्नु हुन्छ, रुनु हुन्छ र वर्षाैसम्म याद राख्नुहुन्छ। अब हामी आमिर खान टकिजमा स्वागत गर्छौं। जसमा सिनेमाको संसार हुन्छ।’

आमिरको बलिउडमा ३० वर्ष लामो करियर छ। जसमा थुप्रै सुपरहिट फिल्म दिएका छन्।

अब उनी आफ्नो युट्युब च्यानलमार्फत फिल्म मेकिङबारे कुराकानी गर्नेछन्।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार