समाजवादीको सभालाई प्रचण्डसहित ४ नेताले सम्बोधन गर्ने-Sutra News

समाजवादीको सभालाई प्रचण्डसहित ४ नेताले सम्बोधन गर्ने

शुक्रबार, १५ चैत्र २०८१

शुक्रबार, १५ चैत्र २०८१

काठमाडौं । समाजवादी मोर्चाले काठमाडौंको भृकुटी मण्डपमा आयोजना गरेको विरोधसभालाई ४ जना शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।



मोर्चाका शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’ र महेन्द्र राय यादवले भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्ने भएका हुन् ।

सभामा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल भने उपस्थित हुने छैनन् । उनी स्वास्थ्य समस्याको कारण सहभागि नहुने भएका हुन् ।

मोर्चाले उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालेको छ । जुन काठमाडौंको भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार