सम्बोधन गर्ने सूचिमा नपरेपछि मोर्चाको प्रदर्शनमा सहभागी भएनन् झलनाथ खनाल-Sutra News

सम्बोधन गर्ने सूचिमा नपरेपछि मोर्चाको प्रदर्शनमा सहभागी भएनन् झलनाथ खनाल

शुक्रबार, १५ चैत्र २०८१

शुक्रबार, १५ चैत्र २०८१

काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चाको प्रदर्शनमा सहभागी नहुने बताएका छन्।



शुक्रबार मोर्चाले गरेको प्रदर्शनमा सहभागी नहुने खनालले बताएका हुन्। खनालले सभामा चार वटा पार्टीको अध्यक्षहरूमात्रै बोल्ने कार्यसूची रहेको र आफू दर्शक मात्रै बन्न नजाने बताएका छन्।

उनले भने,’सभामा चार वटा पार्टीको अध्यक्षहरूमात्रै बोल्ने कार्यसूची रहेछ। दर्शक मात्रै बन्न म जाँदिन । पुनरुत्थानवादी, प्रतिगामी र यथास्थितिवादी विरुद्ध भएको प्रदर्शनमा मेरो पूर्ण समर्थन छ।’

भृकुटीमण्डपमा हुने सभालाई समाजवादी मोर्चा आबद्ध चार दलका शीर्ष नेताले मात्रै सम्बोधन गर्ने भएका छन् ।

सभालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले मात्र सम्बोधन गर्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार