

काठमाडाैं । राजसंस्थावादी समर्थकले गरेकाे प्रदर्शनमा नेपाल प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको छ। काठमाडाैंकाे तीनकुने क्षेत्रमा भएकाे प्रदर्शनमा धकेलाधकेल भएकाे हाे ।
प्रहरी प्रदर्शनकारीलाई तीनकुनेमै रोक्न खोजेपछि सामान्य झडपकाे अवस्था बनेकाे हाे । प्रहरीको बार तोडेर बानेश्वरतर्फ अघि बढ्न खोजेका छन् ।
भिडलाई नियन्त्रणमा लिन प्रहरीले पानीका फोहोरा पनि हानेका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंकाे नेतृत्वमा राजावादीहरू प्रदर्शनमा उत्रीएका छन् । जसलाई राप्रपालगायत राजावादी दलहरूको समर्थन छ।
तीनकुनेमा काेणसभा गर्ने तयारी गरिएकाे प्रदर्शनकाे लागि काठमाडौंको सिनामंगल क्षेत्र र भक्तपुर क्षेत्रबाट र्याली निकालिएकाे छ ।