पीजी अध्ययनका लागि सरकारी कलेजतर्फको ‘म्याचिङ’ सूची प्रकाशित-Sutra News

पीजी अध्ययनका लागि सरकारी कलेजतर्फको ‘म्याचिङ’ सूची प्रकाशित

शुक्रबार, १५ चैत्र २०८१

शुक्रबार, १५ चैत्र २०८१

काठमाडौं । स्नातकोत्तर तहमा चिकित्सा शिक्षा (पीजी) अध्ययनका लागि सरकारी मेडिकल कलेजको मात्रै ‘म्याचिङ’ सूची प्रकाशित गरेको छ ।



निजी मेडिकल कलेजले चिकित्सा शिक्षा स्नातकोत्तर तहका अध्ययनरत विद्यार्थीलाई नेपाल सरकारको ८औं तहका अधिकृतसरहको तलब दिन अस्वीकार गरेपछि आयोगले सरकारी मेडिकल कलेजलाई मात्र समावेश गरी म्याचिङको सूचना प्रकाशित भएको हो । आयोगले आगामी शैक्षिक सत्रका लागि सरकारी मेडिकल कलेजमा १२६८ सिट तोकिएको छ । यस्तै निजी मेडिकल कलेजको ८१८ सिट तोकिएको छ ।

आयोगले मेरिट लिस्टअनुसार सरकारी स्वामित्वमा रहेका प्रतिष्ठान तथा कलेजमा म्याचिङसहित भर्ना सूची प्रकाशन गरिरहेको छ । सरकारले सरकारी स्वामित्वमा रहेका प्रतिष्ठान तथा कलेज पीजी निःशुल्क पढाउने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार