

काठमाडौं । काठमाडौं तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शन बिथोलिएको छ ।
दुर्गा प्रसाइँ नेतृत्वको राजावादीको समूहले प्रहरीको घेरा तोडेपछि तनाव सिर्जना भएको छ । जहाँ प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन पानीको फोहोरा अश्रुग्याँस पनि प्रहार गरेको छ । जहाँ जवाफमा प्रदर्शनकारीले ढुंगा हानेका छन् ।
प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीहरुको भागभाग मच्चिएको छ ।
झडपसँगै सभास्थलमा पुगेका राजावादी नेताहरु समेत सभा स्थल छाडेर हिँडेका छन् ।