राष्ट्रपतिलाई भेट्न किन गए बाबुराम ?-Sutra News

राष्ट्रपतिलाई भेट्न किन गए बाबुराम ?

शुक्रबार, १५ चैत्र २०८१

शुक्रबार, १५ चैत्र २०८१

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । शुक्रबार उनले राष्ट्रपति पौडेललाई शीतलनिवासमा पुगेर भेट गरेका हुन् ।



भेटमा पछिल्लो परिस्थितिबारे छलफल भएको जानकारी भट्टराईले दिएका छन् ।

“आज सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसंग राष्ट्रपति निवासमा भेटेर देशको समसामयिक परिस्थितिवारे सम्वाद गर्ने सुअवसर प्राप्त भयो”, सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले लेखेका छन्, “देशको प्रमुख अभिभावकको नाताले राष्ट्रपतिज्यूमा लोकतान्त्रिक राज्यप्रणालीमा स्वाभाविक रूपमा वेलावखत देखापरिरहने राजनीतिक,आर्थिक, सामाजिक, सामरिक, प्रशासनिक क्षेत्रका समस्या दलहरूका नेतृत्वले नै आपसी सम्वाद र सहमतिबाट हल गरून् र जनताले लामो संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरून् भन्ने सदीक्षा रहेको अनुभूति भयो ।”

भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नको लागि सबै जिम्मेवार राजनीतिक दल र नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार