प्रहरी र राजावादीबिच हानाहान भएको तीनकुनेको एक घरमा आगजनी-Sutra News

प्रहरी र राजावादीबिच हानाहान भएको तीनकुनेको एक घरमा आगजनी

शुक्रबार, १५ चैत्र २०८१

शुक्रबार, १५ चैत्र २०८१

काठमाडौं ।  काठमाडौंको तीनकुनेस्थित एक घरमा आगजनी भएको छ । राजावादीहरुको प्रदर्शन बिथोलिएको केही समयपछि तीनकुनेस्थित एक घरमा आगजनी भएको हो ।



उक्त घरमा प्रहरी र राजावादीका समर्थकबिच हानाहान भएको थियो । प्रहरीले उक्त घरबाट प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गरेको थियो भने प्रदर्शनकारीले उक्त घरलाई लक्षित गरी ढुंगा हानेका थिए ।

जुन घटनापछि केहीबेरमा घरमा आगलागी भएको हो ।

सडकमा बालिएको टायरबाट आगो सल्केको प्रहरीले जानकारी दिएकाे छ ।

यतिबेला घरमा लागेको आगो निभाउन दमकल पुगेको छ । यद्यपि, उक्त दमकलमाथि पनि प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार