भुकम्पले ३० तले भवन ढल्दा ४३ श्रमिक फसे-Sutra News

भुकम्पले ३० तले भवन ढल्दा ४३ श्रमिक फसे

शुक्रबार, १५ चैत्र २०८१

शुक्रबार, १५ चैत्र २०८१

म्यानमार । म्यानमारमा केन्द्रविन्दु बनाएर शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट बैंककमा एक सरकारी कार्यालयका लागि निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेका छन् ।



थाई राजधानीको उत्तरी भेगमा रहेको यो भवन केही सेकेन्डमा भग्नावशेष र धातुको घुमाउरो गुच्छामा परिवर्तन भएको थियो । शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पपछि बैंककका विभिन्न भवनहरूमा क्षति पुगेको सूचना छ, जसमध्ये सहरको उत्तरी भेगमा एउटा ३० तले निर्माणाधीन भवन ढलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार