

काठमाडौं । राजावादी कार्यकर्ताले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन् । राजावादीको एक समूहले आलोकनगरस्थिति एसको कार्यालय पुगेर ढुंगामुढा गरेका हुन् ।
यसअघि काठमाडौंको पेरिसडाँडा नजिक सरकारी गाडीमा समेत आगजनी भएको छ । राजावादी समर्थक प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गरेका हुन् । आगलागी भएको सरकारी गाडीको नम्बर खुल्न सकेको छैन ।प्रदर्शनकारीहरू तीनकुनेबाट कोटेश्वरतर्फ अगाडि बढेपछि गल्लीमा लुकेर बसेको प्रहरीले उनीहरूमाथि अश्रुग्यास प्रहार गरेको थियो ।
आक्रोशित भीडले गाडी तोडफोड गर्नुका साथै आगजनी गरेको थियो । प्रदर्शनकारीले तीनकुनेबाट सुरक्षाकर्मीको बोकेको बन्दुक समेत खोसेका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो ।