राजावादीहरुले गरे सिनामंगलस्थित नागरिक उड्डययन कार्यालयमा तोडफोड-Sutra News

राजावादीहरुले गरे सिनामंगलस्थित नागरिक उड्डययन कार्यालयमा तोडफोड

शुक्रबार, १५ चैत्र २०८१

शुक्रबार, १५ चैत्र २०८१

काठमाडौं । राजावादीहरुले सिनामंगलस्थित नागरिक उड्डययन कार्यालयमा तोडफोड गरेका छन्। तीनकुनेबाट उग्र बनेको राजावादीको प्रदर्शन उग्र रुप लिएपछि अहिले ठाउँठाउँमा आगजनी र तोडफोडमा उत्रिएका हुन्।



तीनकुलमा प्रहरी र राजावादीहरुको झडप भएको थियो। स्थिती तनावग्रस्त बनेपछि प्रहरीले हवाइ फायर गरेपछि आन्दोलनकारी अहिले थप उग्र बन्दै गइरहेका छन्।

यत्रतत्र आगजनी र तोडफोड गर्दै राजावादी कार्यकर्ता हिँडेपछि सिनामंगलसहित तीन ठाउँमा कर्फ्यु आदेश जारी भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार