तीनकुनेमा क्षेत्रमा कर्फ्यु-Sutra News

तीनकुनेमा क्षेत्रमा कर्फ्यु

शुक्रबार, १५ चैत्र २०८१

शुक्रबार, १५ चैत्र २०८१

काठमाडौं । तीनकुनेमा भड्कीएको प्रदर्शनलाई संयम बनाउन केहिबेर कर्फ्यु लाग्ने जनाएको छ । राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका छन् ।



भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् । तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।

आगजनी नियन्त्रणमा आइसकेको छ । तर उनीहरु सर्वसाधारणका घर तथा सम्पत्तिमा आक्रमण प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार