दर्शक भेट्न हलमा पुगिन एन्जिला, दर्शकको उत्साहजनक समर्थन-Sutra News

दर्शक भेट्न हलमा पुगिन एन्जिला, दर्शकको उत्साहजनक समर्थन

शुक्रबार, १५ चैत्र २०८१

शुक्रबार, १५ चैत्र २०८१

काठमाडौं । प्रदर्शनरत सुपर हिट नेपाली चलचित्र ‘अञ्जिला’की प्रमुख कलाकार तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा काठमाडौंका हलहरूमा दर्शक भेट्न पुगेकी छन् ।



आफ्नै जीवनमा आधारित यस चलचित्रको प्रचारका लागि उनी कतार एयरवेजको विमानबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएसंगै उनी दर्शकलाई भेट्न हलमा पुगेकी हुन् ।

काठमाडौंमा भइरहेका विभिन्न प्रदर्शनहरूका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त रहँदा समेत उनी हल पुगेकी हुन् । हल पुग्दा दर्शकहरू सबैले उठेर उनको स्वागत गरेका थिए । एन्जिला शुक्रवार बिहान ग्रिसबाट काठमाडौं आएकी थिइन् ।

(यी तस्बिर ठमेलस्थित छाया सेन्टरमा रहेको क्युएफएक्स सिनेमा हलको हो ।)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार