

काठमाडौं । नेकपा एमालेको कार्यालय नजिकै राजावादी प्रदर्शनकारीहरुले ट्याक्सी जलाएका छन् । तीनकुनेबाट लखेटिएका राजावादी प्रदर्शनकारीहरू अहिले उपत्यकाका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरिरहेका छन् । प्रदर्शनकारीहरूले दिउँसो पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालय छेउमा पनि आगजनी गरेका थिए ।
अवस्था तनावग्रस्त बनेपछि प्रशासनले तीनकुने क्षेत्रसहितका पाँच स्थानमा कर्फयु जारी गरेको छ ।