

काठमाडौं । पोखरामा आयोजित वाडा अटो शोमा एलएस अटोका गाडी खरिदमा ३ लाखसम्म छुट पाइने भएको छ। बिहीबारबाट सुरु भएको अटो शोमा एलईभी ०१ का गाडी खरिदमा ३ लाखसम्म छुट पाइने भएको हो।
चैत १४ देखि १७ गतेसम्म अमरसिंह ग्राउन्डमा चल्नेछ। अटो शोमा कम्पनीले एलईभी ०१ मोडल प्रदर्शनीमा राखेको छ। आकर्षक डिजाइनसहितको गाडीमा धेरैले चासो दिएका छन्।
नेक्सन भेन्चर्सले चिनियाँ कम्पनी एलएस अटोको एलईभी ०१ मोडल नेपालमा ल्याएको छ। एलईभी ०१ स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक छ।