

काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गर्न निर्देशन दिएको छ । काठमाडौंमा आज भएको आगजनी, तोडफोड र लुटपाटको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै गृह मन्त्रालयले प्रसाईलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको हो ।
प्रसाईँले सुरक्षाकर्मीलाई लक्षित गरेर मार्ने नियतले गाडी चलाएपछि अवस्था बिग्रिएको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ ।काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार सरकारको निर्देशनपछि प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको छ ।
राजावादीहरुले व्यवस्थाविरुद्ध आज तिनकुनेमा विशाल जनप्रदर्शनको आयोजना गरेका थिए । तर, प्रदर्शन हिंसात्मक बन्दै गएपछि राजावादीको कार्यक्रम विथोलिएको थियो । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईंलाई आजको तोडफोड, आगजनी र लुटपाटपमा जिम्मेवार ठहर गरेको छ ।