आज शनिवार : कस्तो छ तपाईको राशिफल ?-Sutra News

आज शनिवार : कस्तो छ तपाईको राशिफल ?

शनिबार, १६ चैत्र २०८१

शनिबार, १६ चैत्र २०८१

आज मिती २०८१ साल चैत महिनाको १६ गते शनिबार तदनुसार मार्च महीनाको २९ तारीख सन् २०२५, चैत कृष्ण पक्षको औंसी तिथी एवं घोडे जात्रा पर्व, आज बिहान ५ बजेर ५७ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ६ बजेर १९ मिनेटमा अस्ताउने छ ।



मेष राशी: बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुने समय रहेकाले आर्थिक क्रियाकलापमा पनि सफलता मिल्नुका साथै बोलीको भरमा काम सम्पादन हुन सक्छ । अरूलाई सोचविचार नगरी दिएको वचनले अप्ठ्यारोमा पार्न सक्ने सम्भावना रहेकाले सचेत रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर रहेपनि रोकिएको काममा भने सफलता मिल्नेछ ।

बृष राशि: व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनुका साथै व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुने योग रहनुका साथै विभिन्न सहयोग र उपहार पाइनेछ । आरोग्यता बढ्नुका साथै पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि: रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउन सकिने सम्भावना रहेपनि अनावश्यक भ्रमण हुन सक्छ, यसप्रति सचेत रहनु हितकर हुनेछ । स्वास्थ्यगत समस्याले सताउने देखिएपनि सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । परिवारिक सुख बढ्नुका साथै ऋण रोग र शत्रु सित लड्ने क्षमता बढ्नेछ ।

कर्कट राशि: सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्ने दिन रहेकाले सचेत रहनुहोस् । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल हुनुका साथै परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिने समय रहेकाले व्यावसायिक काममा खर्च बढेपनि प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिने समय रहेको छ ।

सिंह राशि: विद्यामा कमजोरी र लेनदेनमा विवाद हुनाका साथै विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्या देखापरेपनी रोकिएका कतिपय काम बन्नाले उत्साह जाग्नेछ । प्रेमभाव बढ्नुका साथै साथीभाइको सहयोगमा रचनात्मक तथा कलात्मक काममा भने सफलता मिल्नेछ ।

कन्या राशि: लाभ हुने काम प्रारम्भ गर्ने समय रहनुका साथै भौतिक साधनसमेत जुट्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने हुनाले कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्य कमजोर भएको अनुभूति हुने सम्भावना रहेकाले खानपानमा विशेष सावधानी अपनाउनु हितकर होला । व्यस्तता बढेपनि यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला राशी: मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याएपनी कृषिसम्बन्धी काममा भने केही समस्या देखिने सम्भावना रहेपनि मेहनत गर्दा धन आर्जन हुने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नाले सुुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । पराक्रम बढ्नुका साथै शुभ काममा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि: अरूका काममा समय बित्न सक्ने सम्भावना भएपनि आजको दिन दिगो योजना प्रारम्भ हुन सक्ने समय रहेकाले साझेदारीको व्यवसायमा फाइदा हुनेछ । आम्दानी तथा आयआर्जनका स्रोत समेत वृद्धि हुने समय रहेपनि आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन्, सावधान रहनुहोला । आजको दिन यात्राको सम्भावना रहेकाले योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु राशि: अवसरको खोजीमा केही दौडधुप गरेपनि समयमा होस नपुग्नाले काम रोकिन सक्छ । मेहनत खेर जान नदिन विशेष प्रयत्न गर्नुपर्नेछ भने सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । तार्किक क्षमता बढ्नुका साथै बौद्धिक र रचनात्मक काम बन्ने योग देखिन्छ ।

मकर राशि: नयाँ कामको प्रस्ताव आउने तथा लक्ष्यप्राप्तीमा सहयोग गर्ने सहयोगीहरू भेटिनेछन् । नसोचेको क्षेत्रबाट धन आर्जन हुने समय रहेकाले व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउन उपयुक्त समय रहेपनि इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, सावधान रहनुहोला ।

कुम्भ राशि: रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय रहेकाले उद्योग र व्यापारमा विशेष फाइदा होला । परिवारजनको साथले काममा उत्साह जगाउनुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य जीवन सुखमय बन्नेछ । परोपकारमा मन जाने समय रहेपनि स्वास्थ्यमा भने केही कमजोरी अनुभव हुन सक्छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्ने समय देखिन्छ ।

र, मिन राशि: सामान्य अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्ने समय रहेपनि प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्ने योग रहनुका साथै अप्रिय समाचार सुन्न सक्ने सम्भावना रहेकाले सचेत रहनु हितकर होला । पुरानो समस्याको समाधान मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार