काठमाडौंकाे तीनकुने क्षेत्रमा कर्फ्यू कायमै-Sutra News

काठमाडौंकाे तीनकुने क्षेत्रमा कर्फ्यू कायमै

शनिबार, १६ चैत्र २०८१

शनिबार, १६ चैत्र २०८१

काठमाडौं । काठमाडौंको तीनकुनेसहितका क्षेत्रमा शनिबार बिहान ७ बजेसम्म कर्फ्यू जारी रहेको छ।



काठमाडौं जिल्ला प्रशासनले शुक्रबार राति कर्फ्यू समय बढाएको हो । पहिलो सूचनामा दिउँसो ४:२५ देखि राति १० बजेसम्म मात्र कर्फ्यू आदेश जारी गरेको थियो । कर्फ्यू लागेपछि स्थिति सामान्य बन्दै गएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले तीनकुने, कोटेश्वर र सिनामंगल क्षेत्रमा कर्फ्यू जारी छ। कर्फ्यू लगाइएपछि नेपाली सेना बख्तरबन्द गाडीसहित सडकमा पुगेपछि स्थिति शान्त बनेको थियो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले कर्फ्यू जारी गरिएको क्षेत्रमा भेला, जुलुस, प्रदर्शन, घेराउजस्ता गतिविधि गर्न निषेध गरिएको जानकारी दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुने क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार