राजावादी आन्दोलन : दुई जनाको मृत्यु, १४ ठाउँमा आगजनी-Sutra News

राजावादी आन्दोलन : दुई जनाको मृत्यु, १४ ठाउँमा आगजनी

शनिबार, १६ चैत्र २०८१

शनिबार, १६ चैत्र २०८१

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वमा शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा व्यक्तिको घरमा आगजनी हुँदा त्यहाँ भिडियो खिचिरहेका एक जना पत्रकारको ज्यान गएको छ । एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको आगलागीमा परेर ज्यान गएको नेपाल पत्रकार महासङ्घले जनाएको हो ।



पूर्वराजाका समर्थकले तीनकुने क्षेत्रमा निषेधित क्षेत्रसमेत तोडेर निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत गाडीमा तोडफोड गरेका थिए ।

सो घटनामा कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ज्यान गएको पनि प्रहरीले जनाएको छ ।

घटनामा नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका छन् । यसैगरी नौ वटा सरकारी गाडी, छ वटा सरकारी वा निजी नखुलेका गाडीमा आगजनी भएको छ । विभिन्न १४ ठाउँमा आगजनी भएको, नौ वटा संस्थामा तोडफोड र एक ठाउँमा लुटपाट भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार