के पक्राउ पर्लान् त पूर्वराजा ज्ञानेन्द्र शाह ?-Sutra News

के पक्राउ पर्लान् त पूर्वराजा ज्ञानेन्द्र शाह ?

शनिबार, १६ चैत्र २०८१

शनिबार, १६ चैत्र २०८१

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिकासंयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न खोजिएको दाबी गरेका छन् । सुवेदीद्वारा शनिबार बिहान विज्ञप्ति जारी गरी का संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि पक्राउ या नजरबन्द गर्न खोजिएको दाबी गरेका हुन् ।



पूर्वराजा शाहलाईसमेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचारहरू बाहिर आएको र त्यस्तो कदम चाल्ने प्रयास भएमा देशभरबाट आम नागरिक स्वतःस्फूर्त विरोधमा उत्रने उनले चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘श्री ५ महाराजाधिराजलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचारहरू बाहिर आएको छ। त्यसअनुरूप कदम चाल्ने प्रयास भएमा देशभरबाट आम नागरिकहरू स्वतःस्फूर्त विरोधमा उत्रनेछन् भन्ने हाम्रो जानकारीमा आएको कुरा यहाँ उल्लेख गर्दै त्यस किसिम हुने कदमको घोर भत्र्सना गर्दछौँ ।’

उनले शुक्रबार भएको आन्दोलनपछि पक्राउ परेका समितिका कमान्डर दुर्गा प्रसाईं, सदस्य–सचिव रवीन्द्र मिश्र, सदस्य धवलशमशेर राणाहरूको रिहाइको मागसमेत गरेका छन् ।

शुक्रबार तीनकुनेमा गरिएको आन्दोलन घोषणा सभामा संघर्ष समितिका पदाधिकारी, केन्द्रीय नेताहरू मञ्चमा पुगेर सभालाई सम्बोधन गर्न नपाउँदै सरकार पक्षबाट घुसपैठ गराइएको दाबी पनि उनले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार