ज्ञानेन्द्र शाहलाई तत्काल पक्राउ गर्न प्रचण्डको माग-Sutra News

ज्ञानेन्द्र शाहलाई तत्काल पक्राउ गर्न प्रचण्डको माग

शनिबार, १६ चैत्र २०८१

शनिबार, १६ चैत्र २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक छ भन्ने पुनः पुष्टि भएको बताएका छन्।



राजावादी समूहले शुक्रबार तोडफोड गरेको नेकपा एकीकृत समाजवादी केन्द्रको कार्यालयमा स्थलगत अनुगमनसँगै समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई कडा कदम चाल्न माग गरे।

‘जे भएको छ प्रष्ट के भएको छ भने यसको पछाडि ज्ञानेन्द्र शाह नै हो। ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने इतिहासमा पनि देखिएको हो’ उनले भने, ‘अहिले पनि देखिएको छ। यही नै समय हो सरकारले कडा कदम चालोस्।’

प्रचण्डले सरकार र प्रहरीको राम्रो तयारी नदेखिएको भन्दै अगाडी भने, ‘सरकार र प्रहरीको राम्रो तयारी देखिएन। यहाँ आक्रमण भयो भनेर जानकारी गराएपछि पनि झन्डै ४०-४५ मिनेट सुरक्षाकर्मी नदेखिनु बडो विडम्बना भन्नुपर्ने हुन्छ।’

सरकारले आफ्नो भूमिकाको गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने भन्दै प्रचण्डले आउने दिनको लागि पूर्ण तयारीमा लाग्नु पर्ने बताए ,

‘अपराधीहरू सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याओस। ज्ञानेन्द्र शाहलाई पनि छाडा हुने छुट दिन सकिंदैन। नेपाली जनता त्यसमा तयार छैन। यसमा पनि सरकार गम्भीर बनोस् भन्ने चाहन्छु,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार