कोटेश्वरमा पेस्तोल बोक्ने व्यक्ति सिभिल प्रहरी भएको खुलासा, किन बोकेका थिए पेस्तोल ?-Sutra News

कोटेश्वरमा पेस्तोल बोक्ने व्यक्ति सिभिल प्रहरी भएको खुलासा, किन बोकेका थिए पेस्तोल ?

शनिबार, १६ चैत्र २०८१

शनिबार, १६ चैत्र २०८१

काठमाडौं । शुक्रबार काठमाडौंको तिनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। त्यो भिडियो कोटेश्वरको हो।



भिडियोमा एक जना पुरूषले पेस्तोल निकालेको र अन्य व्यक्तिहरूले पुरूषहरूले लाठी बोकेको देखिन्छ।

प्रहरीका अनुसार उनीहरू प्रदर्शनकारी नभइ प्रहरी हुन्। उनीहरू कोटेश्वरमै रहेको लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी अधिकारी रहेको खुलेको हो।

ब्युरोका प्रवक्ता एवं एसपी नारायण अधिकारीका अनुसार शुक्रबार दिउँसो प्रहरीको टोली अपरेशनबाट फर्किंदै थियो।।

त्यही बेला प्रदर्शन उग्र बनेपछि प्रदर्शनकारीहरू कोटेश्वरका भित्री गल्लीमा पसेको थियो। एसपी अधिकारीका अनुसार भित्र पसेका प्रदर्शनकारीले गाडी रोकेका थिए।

‘टोली अपरेशनबाट फर्किएको थियो। अफिस फर्कँदै गर्दा प्रदर्शनकारीहरूले रोके। हाम्रो ब्युरोका अधिकारीहरू सिभिलमा खटिन्छन्,’ उनले भने।

ती प्रहरीहरूले प्रदर्शनकारीहरूलाई रोक्न खोजेका थिए, तर रोकिएनन्। केही बेरमै प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी समेत गरेका थिए।

‘आफ्नो सुरक्षाका लागि भनेर पेस्तोल निकालेका हुन्। ती अधिकारीले फायर भने खोलेका थिएनन्,’ उनले भने।

राजावादीको प्रदर्शनमा थुप्रै सवारीसाधनहरूमा आगजनी भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार