तीनकुनेमा घर जल्दै गर्दा भिडिओमा देखिएकी महिला को हुन् ?-Sutra News

तीनकुनेमा घर जल्दै गर्दा भिडिओमा देखिएकी महिला को हुन् ?

शनिबार, १६ चैत्र २०८१

शनिबार, १६ चैत्र २०८१

काठमाडौं । शुक्रबार राजा फर्काउने आन्दोलनको नाममा भएको हिंसात्मक गतिविधिमा अभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको ज्यान गयो। राजावादी समूहले लगाएको आगोमा जलेर उनको ज्यान गयो। त्यसयता अहिले जल्नुअघि उनले लाइभ गरिरहेको भिडिओ सामाजिक संजालमा भाइरल छ।



त्यस भिडियोमा एकजना महिला देखिएकी छन्। अर्का एक पुरुष पनि देखिएका छन् तर, उनले अनुहार पुरै ढाकेको हुँदा उनलाई चिन्न सकिंदैन। तर, त्यहाँ देखिएकी महिलालाई भने प्रष्टै चिनिन्छ। उनी को हुन् त ? धेरैको चासोको विषय बनेको छ।

उक्त भिडियोमा देखिएकी ती महिला अभिन्युज टेलिभिजनमा विगतमा काम गरेकी एनी (अनिता) कुँवर भएको खुलेको छ। घरमा आगो लागेपछि आफुले हारगुहार गरेको र आगो निभाउन प्रयास गरेको उनले फेसबुकमा लेखेकी छन्।

भिडिओे सार्वजनिक भएपछि कतिपयले उनीमाथि नै आरोप लगाइरहेका थिए। भिडिओमा सुरेश कोठाभित्र थुनिएको अवस्थामा एनी र उनको पछिपछि अर्को व्यक्ति भर्याङबाट तल ओर्लिरहेको देखिएको छ।

घरमा आगो लागेपछि एनीले भित्र मान्छे थुनिएको भन्दै फेसबुक लाइभमा आएर हारगुहार गरेकी थिइन्। अभिन्युज टेलिभिजनमा काम गरेपछि उनले न्युज २४ टेलिभिजनमा काम गरेकी थिइन्। अहिले भने उनी धार्मिक र राजावादी अभियानमा सक्रिय छिन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार