पुस्कर खतिवडाको घरमा स्याउ र केरा खाएपछि मोबाइल अफ गरेर भागेका प्रसाईं कहाँ गए ?-Sutra News

पुस्कर खतिवडाको घरमा स्याउ र केरा खाएपछि मोबाइल अफ गरेर भागेका प्रसाईं कहाँ गए ?

शनिबार, १६ चैत्र २०८१

शनिबार, १६ चैत्र २०८१

काठमाडौं । तीनकुनेमा भएको हिंस्रक राजावादी प्रदर्शनपछि भागेका दुर्गा प्रसाईं इमाडोलमा रहेको विवास्पद धर्मगुरु पुस्कर खतिवडाको घरमा बसेको पाइएको छ। त्यसयता प्रसाईं फरार छन्।



केहीबेर सटरमा लुकेका उनी त्यहाँबाट सिधै विवादास्पद धर्मगुरु पुस्कर खतिवडाको ललितपुरस्थित इमाडोलस्थित घरमा गएको पाइएको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले बताए।

अब पुलिसले नछाड्ने भन्दै प्रसाईं खतिवडाको घरबाट स्याउ र केरा खाएर मोबाइल स्वीच अफ गरेर निस्किएको प्रहरीले बताएको छ। प्रहरीले गरेको लोकेसन ट्रयाकमा पछिल्लो पटक उनी इमाडोल क्षेत्रमा देखिएका छन्।

आजै पक्राउ परेका धर्मगुरु खतिवडाले प्रसाईं प्रदर्शनपछि आफ्नो घरमा आएको बयान दिएका हुन्।

‘प्रारम्भिक सोधपुछमा उहाँले त्यस्तो बताउनु भएको हो, थप बयान लिन पाएको छैन’, एसएसपी अधिकारीले भने, ‘स्याउ र केरा खाएर त्यहाँबाट निस्किएको भनेर भनेका छन्।’

त्यसपछि प्रसाईं घरबाट निस्किएको उनले बताएका छन्।

आगजनी, लुटपाट र अराजकताको घटनाका प्रमुख नाइके मानिएका दुर्गा प्रसाईँलाई अहिले प्रहरीले खोजी गरिरहेको छ ।

तोडफोड, आगजनी र आतंक मच्चाउन उक्साएर भागेका प्रसाईँ घरमा नगई हिजोदेखि भूमिगत भएका छन्। उनी राजा फर्काउने आन्दोलनका जनकमाण्डर बनाइएका थिए।

अराजकता मच्चाएको तथा उकासेको आरोपमा प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, वकिल स्वागत नेपाललगायतलाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार