तीनकुनेमा तोडफोड र फोहोर गरेको भन्दै बालेनले तिराए ज्ञानेन्द्र शाहलाई जरिवाना-Sutra News

तीनकुनेमा तोडफोड र फोहोर गरेको भन्दै बालेनले तिराए ज्ञानेन्द्र शाहलाई जरिवाना

शनिबार, १६ चैत्र २०८१

शनिबार, १६ चैत्र २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई १ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ।



माइतीघरमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको भन्दै महानगरले १ लाख जरिवाना गर्ने निर्णय गरेको हो।

दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो।

शनिबार काठमाडौं महानगरपालिकाको टोलीले तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरेको थियो। उक्त विवरण संकलन गरी लाग्‍ने खर्च र सरसफाइको शुल्क पनि पूर्वराजा शाहबाटै असुल गराउने निर्णय भएको हो।

ज्ञानेन्द्र शाह, निर्मल निवास काठमाडौंका नाममा महानगरका ८ जना नगर प्रहरीले ८ वटा बेग्लाबेल्लै पत्र काटेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार