

काठमाडौं । म्यानमारमा गएको विनाशकारी भूकम्पमा परेर १५ जना गैरआवासीय नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष बद्री केसीले बताएका छन् ।
‘विनाशकारी भूकम्पमा १५ जना गैरआवासीय नेपाली सहित म्यानमारका जनताको मृत्यु भएकोमा हामी अत्यन्तै दुःखी छौँ’, उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
उनले गैरआवासीय नेपालीहरूको राहतका लागि संघको तर्फबाट एनसीसी म्यानमार मार्फत १० लाख रुपैयाँ सहयोगको घोषणा गर्दै सहयोगका लागि विश्वभरका एनआरएनएसँग आह्वान गरेका छन् ।