पूर्वराजा ज्ञानेन्द्रको सुरक्षा टोलीमा हेरफेर, अब १६ जना मात्रै-Sutra News

पूर्वराजा ज्ञानेन्द्रको सुरक्षा टोलीमा हेरफेर, अब १६ जना मात्रै

शनिबार, १६ चैत्र २०८१

शनिबार, १६ चैत्र २०८१

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा टोलीमा हेरफेर गरेको छ ।



गृह मन्त्रालयले पूर्वराजा ज्ञानेन्द्रको निर्मल निवासमा सशस्त्र प्रहरी बलको कार्यदलबाट २५ जनाको टोली खटिँदै आएकोमा अब १६ जना मात्रै खटाएको छ ।

मन्त्रालयले सशस्त्र प्रहरी बलका डीएसपी जगदिश हमाल नेतृत्वको टोली हटाएर डीएसपी प्रमोद प्रकाश पाठकको कमाण्डमा १६ जनाको टोली खटाएको छ ।

भीभीआईपीलाई दिने सुरक्षा नीतिअनुसार १६ जना सुरक्षाकर्मी खटाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार