सुनको मूल्यमा फेरि नयाँ कीर्तिमानी-Sutra News

सुनको मूल्यमा फेरि नयाँ कीर्तिमानी

आइतबार, १७ चैत्र २०८१

आइतबार, १७ चैत्र २०८१

काठमाडाैं । स्थानीय बजारमा साताकाे पहिलाे काराेबार दिन (आइतबार) सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । निरन्तर वृद्धिका बिच आइतबार सुनकाे मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेकाे हाे ।



आइतबार सुनकाे मूल्य प्रतिताेला १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएकाे छ ।

यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँमा किनबेच भएकाे थियाे । शुक्रबारकाे तुलनामा ६०० रुपैयाँ बढ्दै सुनकाे मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेकाे हाे ।

सुनकाे मूल्यले एकपछि अर्काे किर्तिमानी बनाइरहँदा आइतबार चाँदीकाे मूल्य भनेकाे घटेकाे छ । महासंघले जनाएअनुसार शुक्रबारकाे तुलनामा प्रतिताेला १५ रुपैयाँ घटेर आइतबार प्रतिताेला २ हजार २५ रुपैयाँ कायम भएकाे छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा भने सुनकाे मू्ल्य प्रति प्रतिऔंस ३ हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार