

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानासम्बन्धी पत्र बुझाउन गएको काठमाडौं महागरपालिकाको टोली निर्मल निवास गेटबाटै फर्किएकाे छ । आइतबार बिहान गएकाे टोली निर्मल निवास गेटबाटै फर्किएकाे हाे ।
उनीहरुलाई निर्मल निवासमा खटिएकाे प्रहरीले गेटमै राेकेकाे थियाे ।
चैत १५ गते काठमाडौंकाे तीनकुनेमा क्षेत्रमा राजसंस्थावादीले गरेका फोहोर र तोडफोडकाे घटनामा प्रमुख योजनाकार पूर्वराजा शाह भएकाे ठहर गर्दै महागरपालिकाले झन्डै ८ लाख जरिवाना तिर्नुपर्ने निर्णय गरेको छ। साेहीअनुसार महानगरपालिकाले पत्र बुझाउन गएकाे हाे ।
महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना तिराउने निर्णय गरेकाे हाे ।
टाेली फिर्ता भएसँगै अब महानगरपालिकाले पत्र हुलाकमार्फत पठाउने तयारी गरेकाे छ । मेयर बालेन्द्र शाह बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले जानकारी दिएअनुसार अब महानगरपालिकाले हुलाकमार्फत पत्र पठाउनेछ ।