प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक-Sutra News

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

आइतबार, १७ चैत्र २०८१

आइतबार, १७ चैत्र २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जनाएअनुसार प्रधानमन्त्री ओलीले आइतबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।



सभामुख देवराज घिमिरेको आह्वानमा आज बसेको दलका प्रमुख सचेतकहरूको बैठकमा बर्तौलाले सोबारे जानकारी दिएका थिए । जनाइएअनुसार पछिल्ला राजनीतिक घटनाक्रमसँगै संसद् र सरकार सञ्चालनका विषयहरूमा छलफल गर्न बैठक बोलाइएको हो ।

सर्वदलीय बैठक बोलाउनुअघि प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा संवाद गरेका थिए ।

यतिबेला राजसंस्थावादी दलहरु सरकारको विरुद्धमा आक्रामक शैलीमा सडक प्रदर्शनमा देखिएका छन् भने प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको नेतृत्वमा विपक्षी दलहरु सरकारको विरोधमा छन् ।

राजावादी राजसंस्था फर्काउने अभियानमा देखिँदा माओवादी केन्द्रलगायतका दलहरु विशेषगरी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीलगायतका विषयमा असन्तुष्ट छन् । माओवादीलगायतका दलहरुले सरकारको जवाफ माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार