प्रचण्डलाई फोन गरेर प्रधानमन्त्री ओलीले के भने ?-Sutra News

प्रचण्डलाई फोन गरेर प्रधानमन्त्री ओलीले के भने ?

आइतबार, १७ चैत्र २०८१

आइतबार, १७ चैत्र २०८१

काठमाडौं । सत्ता र विपक्षीबीच दुरी बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेका छन्।



प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डबीच आइतबार बिहान सदनको गतिरोध खुलाउने विषयमा कुराकानी भएको हो।

‘संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन कुराकानी भएको छ,’ एमाले मुख्य सचेतक महेश बर्तौलाले सभामुखले बोलाएको छलफलमा भने।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने विषयमा प्रमुख प्रतिपक्षी लगायत विपक्षी दलहरूले प्रधानमन्त्रीसँग स्पष्टीकरणको मागेका छन्।

प्रधानमन्त्रीले सदनलाई जवाफ नदिएसम्म संसद् चल्न नसक्ने उनीहरूको अडान छ।

यसैबीच आइतबार साँझ ६ः३० बजे प्रधानमन्त्रीले गणतन्त्र पक्षधरहरूको सर्वदलीय बैठक बोलाएका छन्। राजावादीहरूले शुक्रबार तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेपछि प्रधानमन्त्रीले छलफलका लागि सर्वदलीय बैठक बोलाएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार