राजसंस्था पुनर्स्थापना आन्दोलनको कमाण्डर बने जगमान गुरुङ-Sutra News

राजसंस्था पुनर्स्थापना आन्दोलनको कमाण्डर बने जगमान गुरुङ

आइतबार, १७ चैत्र २०८१

आइतबार, १७ चैत्र २०८१

काठमाडौं । चैत्र १५ गते राजसंस्था पुनर्स्थापनाको लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भएको संयुक्त जनआन्दोलन पश्चात अर्को आन्दोलनका लागि समितिको कार्यवाहक नेतृत्व संस्कृतिविद जगमान गुरुङले गर्ने भएका छन् ।



१५ गतेको आन्दोलन पश्चात संयोजक नवराज सुवेदीले आफू नजरबन्दामा रहेको भन्दै नेपाल ऋषि जगमान गुरुङले आन्दोलनको नेतृत्व गर्ने जानकारी दिएका छन् । उनले आन्दोलन जारी राख्न आह्वान समेत गरेका छन् ।

पूर्वपञ्च र राजावादीहरूले ‘राजतन्त्र पुनस्र्थानाका लागि संयुक्त जनआन्दोलन समिति’ बनाएका छन् । समितिका संयोजक सुवेदीले आज प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई सरकारले नजरबन्दमा राखेको हुँदा आफ्नो अनुपस्थितिमा आन्दोलनको नेतृत्व गुरुङले गर्ने जनाएका हुन् ।

८६ वर्षीय सुवेदी निरंकुश पञ्चायती व्यवस्था हुँदा निरन्तर राष्ट्रिय पञ्चायत सदस्य, मन्त्री र त्यो व्यवस्थाका अन्तिम राष्ट्रिय पञ्चायत अध्यक्ष हुन् । गुरुङ संस्कृतविद् हुन् । गुरुङले यसअघि जनआन्दोलन तुइयो भने आफैँ सम्हाल्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार