

धेरै मानिसहरू चिया पिउने लतमा छन् भन्नु गलत होइन। यदि तपाईं पनि चियाकाे लतमा हुनुहुन्छ भने केही कुराहरूमा ध्यान दिन अनिवार्य छ ।
चिया पिउँदै गर्दा कस्ताे चिया पिउने, कुन बेला पिउने, चियामा के–के मिसाउने जस्ता कुराहरूमा ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् ।
स्वास्थ्य विज्ञहरूका अनुसार दूध चियाको अत्यधिक सेवन तपाईंको शरीरको लागि हानिकारक हुन सक्छ। चियाको कारणले मुटु रोगको जोखिम धेरै हदसम्म बढ्छ। यसबाहेक दिनमा धेरै पटक चिया पिउँदा अनिद्रा र भोक नलाग्ने जस्ता समस्याहरू पनि हुने विज्ञहरू बताउँछन् ।
चियाले कोलेस्ट्रोल बढाउँछ
चियामा क्याफिन हुन्छ, जसको नियमित सेवनले शरीरमा कोलेस्ट्रोलको स्तर द्रुत गतिमा बढाउँछ।
उच्च कोलेस्ट्रोलले मुटुको धमनीहरूमा प्लाक जम्मा हुन सक्छ, जसले मुटुको मांसपेशीहरूलाई कमजोर बनाउँछ।
यसका साथै, यसले हृदयघात र ब्रेन स्ट्रोकको जोखिम पनि बढाउँछ। यसबाहेक, कोलेस्ट्रोलले रक्तचाप पनि बढाउँछ।
कोलेस्ट्रोल बढेको संकेत
चियाको अत्यधिक सेवनले कोलेस्ट्रोलको स्तर बढ्दा अनुहार, गाला र निधारमा पहेँलो दाग देखिन थाल्छ। यसका साथै, बिना कारण खुट्टा दुख्ने र हातखुट्टा पहेँलो हुने जस्ता समस्याहरू पनि उत्पन्न हुन सक्छन्।
धेरै चिया नपिउनुहोस्
दूध चिया र कफी सेवन गर्दा सावधानी अपनाउनु महत्त्वपूर्ण छ। यदि तपाईं दिनभरि थकान र टाउको दुखाइसँग संघर्ष गरिरहनुभएको छ भने, यो चियाको अत्यधिक सेवनको कारणले हुन सक्छ।
तर, दिनमा २-३ कप कालो चिया वा कालो कफी पिउनु स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ। एजेन्सीबाट