उच्च बिन्दुमा पुगेपछि घट्यो सुनको मूल्य-Sutra News

उच्च बिन्दुमा पुगेपछि घट्यो सुनको मूल्य

बुधबार, २० चैत्र २०८१

बुधबार, २० चैत्र २०८१

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) स्थानीय बजारमा सुनको मूल्य घटेको छ । मंगलबार एकै दिन १८ सय रुपैयाँले मूल्य बढ्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य बुधबार घटेको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार मंगलबारको तुलनामा आज प्रतितोला ६ सय रुपैयाँले मूल्य घटेको छ । मूल्य घटेसँग बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसअघि मंगलबार सुनको मूल्य १ लाख ७९ हजार ७ सय रुपैयाँ थियो ।

सुनको मूल्य घटेसँगै बुधबार चाँदीको मूल्य घटेको छ । महासंघले जनाएअनुसार मंगलबारको तुलनामा प्रतितोला १५ रुपैयाँले चाँदीको मूल्य घटेको छ ।

मूल्य घटेसँगै बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार २० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार