फेरि २७ सयको बिन्दुमा उक्लियो सेयर बजार-Sutra News

फेरि २७ सयको बिन्दुमा उक्लियो सेयर बजार

बुधबार, २० चैत्र २०८१

बुधबार, २० चैत्र २०८१

काठमाडौं । तिव्र उतारचढावका बिच बुधबार सेयर बजार परिसूचक (नेप्से) २७ सयको बिन्दुमा उक्लिएको छ । बुधबार २५.३१ अंकले बढ्दै नेप्से २७०१.४८ को बिन्दुमा उक्लिएको हो ।



उच्च अंकको बृद्धिका बिच अधिकांशजसो समूहको सूचक बढ्यो । व्यापारको सूचक ९.४९ प्रतिशतले बढ्दा समग्रमा नेप्से ०.९४ प्रतिशतले उचालियो ।

कारोबारमा आएका १६६ कम्पनीको मूल्य बढ्दा ७८ कम्पनीको मूल्यमा सामान्य गिरावट आयो ।

उच्च अंकले नेप्से बढेपनि आज कारोबार रकम भने खास बढ्न सकेन । १ करोड ४ लाख ४२ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ४४ करोड ४४ लाख रुपैयाँको भयो ।

यसअघि लगातार तीन कारोबार दिनको बृद्धिपछि मंगलबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको थियो । तर, बुधबारको कारोबारले भने करेक्सनको तह पार गरेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार