

काठमाडौं । चैत्र १५ गते राजावादी पक्षधरको तर्फबाट जन कमाण्डरको जिम्मेवारी पाएका दुर्गा प्रसाईंलाई केपी शर्मा ओली नेतृत्वको सरकारले नै गिरफ्तार नगरि भगाएको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री सुदन किरातीले टिप्पणी गरेका छन्।
बुधबार झापाको बुद्धशान्ति गाउँ कमिटीको अधिवेशनको उद्घाटन गर्दै किराँतीले चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डर रहेका प्रसाईंलाई सरकारले नै गिरफ्तार नगरेको आरोप लगाएका हुन्। उक्त प्रदर्शनमा दुई जनाको मृत्यु समेत भएको छ ।
सत्तामा रहेकाहरू गणतन्त्रमाथि खतरा देखाउँदै भ्रष्टाचारको कुरुप अनुहार छोप्ने काम गरिहेको उनको भनाइ छ। ‘दुर्गा प्रसाईंलाई सरकारले नै गिरफ्तार गरेन। आज गणतन्त्रमाथि खतरा देखाउँदै आफ्नो भ्रष्टाचारको कुरूप अनुहार छोप्ने काम गरिरहेका छन्,’ उनले भने, ‘हजारौँ सुरक्षाको घेरा तोडेर एउटा अपराधी चार भञ्ज्याङ थिचोलेर कसरी भाग्न सक्छ?’