

काठमाडौं । तीनकुनेमा भएको राजावादी हिंसात्मक आन्दोलनमा जलेको अवस्थामा मृत भेटिएका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको पुष्टि भएको छ। त्रिवि शिक्षण अस्पतालमा भर्खरै सकिएको पोस्टमार्टममा उनको जलेर मृत्यु भएको देखिएको चिकित्सकले बताए।
चिकित्सका अनुसार उनको श्वासप्रश्वासको नलीमा धुँवाको मुस्लो छिरेको देखिएको छ। जिवित रहेको अवस्थामा मात्रै श्वासनलिमा धुँवा छिर्न सक्ने भएकाले उनको शरिर जलेपछि मृत्यु भएको देखिएको चिकित्सकले बताए।
ती चिकित्सकले भने, ‘श्वासप्रश्वासको नलीमा धुँवाको मुस्लो गएको देखियो। जब आगो लाग्यो, उहाँ जीवित नै हुनुहुन्थो भन्ने कुराको पुष्टि भयो। उहाँको मृत्युको कारण जलेर भएको हो।’
यसअघि हिजा साँझ उनको एक्स रे गरिएको थियो। एक्सरेमा पनि उनको शरिरमा गोली लागेको संकेत भेटिएको थिएन।