

काठमाडौं । गत १५ गते तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा कार्यक्रमस्थलमै अश्रुग्यास प्रहार गरेको भनेर भाइरल भएको भिडियोमा सत्यता नरहेको प्रहरीले जनाएको छ। बुधबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले उक्त भिडियो डिपफेक भएको बताएको हो।
‘कार्यक्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरेको छैन। कार्यक्रम सुरु हुनुभन्दा अगाडि राष्ट्रिय गान बज्दा टियर ग्यास हानेको भन्ने होइन। त्यो ‘डिपफेक’ भिडियो हो। कार्यक्रम नै सुरु भएको छैन, कसरी राष्ट्रिय गान बज्छ ?’ प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले भने।
उनले उक्त दिन प्रहरी कम्फर्टेबल स्थितिमा नभएको र एक ठाउँबाट हानेको टियर ग्यास अर्को ठाउँमा पुग्न सक्ने बताए।
उक्त दिन ५८ राउन्ड गोली, ७४६ राउन्ड टियर ग्यास, ब्ल्यांक फायर १९२ पटक फायर भएको स्वीकार गरेको छ। प्रदर्शनको दिन ५५ नेपाल प्रहरी २३ सशस्त्र प्रहरी तथा ५३ जना प्रदर्शकारी घाइते भएका छन्।