राजावादीको आन्दोलनमा सिक्री लुटिएपछि भाइरल बनेका व्यक्तिले टिकटकबाट कमाए ३ लाख-Sutra News

राजावादीको आन्दोलनमा सिक्री लुटिएपछि भाइरल बनेका व्यक्तिले टिकटकबाट कमाए ३ लाख

बुधबार, २० चैत्र २०८१

बुधबार, २० चैत्र २०८१

काठमाडौं । गत १५ गते राजावादीको हिंसात्मक आन्दोलनका क्रममा एक जना प्रदर्शनकारीको दुई तोलाको सिक्री हरायो। जुलुसतर्फ अघि बढ्दा आफूलाई पछाडिबाट थिच्दै घाँटीमा लगाइराखिएको सुनको सिक्री लुटिएको उनले बिलौना गरेका थिए।



‘झ्याप समाइहाल्यो घाँटीमा। पछाडिबाट। घाँटीमा समाइहाल्यो। लुटिहाल्यो त,’ उनले दुखेसो पोख्दै भने।

प्रदर्शनमा सहभागी हुने क्रममा तीन लाखभन्दा माथि मूल्यको सुनको सिक्री लुटिएपछि रूनुबाहेक आफूसँग विकल्प नभएको उनको जिकिर रह्यो।

‘साढे दुई तोलाको सिक्री थियो। अब मैले कहाँबाट ल्याउने? घर कसरी जानु!,’ उनले रुँदै बिलौना गरेका थिए।

तर, उतिबेला सिक्री हराएर दुखित भएका राजकुमार ठकुरी अहिले रातारात भाइरल बन्दैछन्। सिक्री हराएकै कारण उनी यतिबेला समाजिक सञ्जालमा भाइरल बनेका छन्।

वास्तवमा उनको यही अभिव्यक्तिले सञ्जालको ध्यान तानेको देखिन्छ। अहिले युटुबरहरुलाई अन्तवार्ता दिन उनलाई भ्याइनभ्याई छ।

‘राप्रपाले फेरि चैत २५ गते अर्को कार्यक्रम गर्दैछ, त्यहाँ पनि जानुहुन्छ ?’, भन्ने प्रश्नमा भने, ‘जान्छु, तर अब सुन लगाउँदिन। डोरीको माला लगाएर जान्छु।’

रमाइलो के भने, राजकुमारले टिकटकमा समेत राम्रो फ्यान फ्लोइङ कमाइरहेका छन्। भाइरल भएयता मात्र टिकटकबाट उनका तीन लाख फ्लोअर्स बढेका हुन्।

भाइरल भएयता मात्र टिकटकबाट उनले तीन लाख नगद आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार