ट्रेलर समीक्षा ‘पिताम्बर’ : हिंसै-हिंसाले भरिएका सिनहरू हेर्न नसकेर दर्शक हुन सक्छन् इरिटेड-Sutra News

ट्रेलर समीक्षा ‘पिताम्बर’ : हिंसै-हिंसाले भरिएका सिनहरू हेर्न नसकेर दर्शक हुन सक्छन् इरिटेड

बुधबार, २० चैत्र २०८१

बुधबार, २० चैत्र २०८१

काठमाडौं । एक्सनप्रधान भन्दै प्रचार गरिएको फिल्म ‘पिताम्बर’को ट्रेलर सार्वजनिक भएपछी यसले मध्यम किसिमको प्रतिक्रिया पाइरहेको छ। धेरैले यसलाई एक्सन जनाराकै रूपमा लिएको युट्युब प्रतिक्रिया हेर्दा बुझ्न सकिन्छ।



तर, यो ट्रेलरको अर्को पाटोबाट हेर्दा कुरुप देकिन्छ- त्यो हो अति हिंसाका सिनहरू। ट्रेलरका केही सिनहरू हेर्ने हो भने सकस हुने खालका छन्। धेरैले त यसलाई हेर्ने नसेको भन्दै युट्युबमा प्रतिक्रिया समेत लेखेका छन्।

मान्छेको टाउको काटेर रगत चुहाउँदै बोकेर हिँडेको सिन सायदै दर्शकले पचाउन सक्लान्। त्यो मात्र हैन, ट्रेलर हेर्दा त आधाउधी हिंसाकै सिनहरू छन् भने झन् सिङ्गै फिल्ममा के होला ?

अभिनेत्री सुरक्षा पन्त र एक बच्चा गहुँबारीमा रमाइरहेको दृश्यबाट सुरु ट्रेलरमा एक्सनका दृश्यले स्थान पाएका छन्। तर एक्सन देखाउने बहानामा साउथ इन्डियन फिल्मबाट प्रभावित भएर त्यस्तै किसिमको फिल्म चल्छ भन्ने मानसिकताबाट निर्देशक गुज्रिएको जस्तो देखिन्छ, ट्रेलर हेर्दा।

ट्रेलरमा जताततै देखाइएको रगतै-रगत र फाइटका सिनले दर्शकलाई इरिटेट गराउन सक्छ। ट्रेलरभर जहाँ-जहाँ प्रदीप खड्कालाई हिंस्रक र क्रोधित देखाइएको छ, त्यहाँ-त्यहाँ आगोलाई पनि फ्रेममा अटाइएको छ।

भिएफएक्स खेलाउँदै यस्ता दृश्य फिल्ममा राख्दा वाह क्या दामी सिन भनेर दर्शक आकर्षित हुन्छन् भन्ने साउथ इन्डियन बुझाईबाट निर्देशक गुज्रिएको जस्तो देखिन्छ। तर अति हिंसाका सिनबाट दर्शक इरिटेड मात्र हैन, १८ वर्ष मुनिका दर्शकले फिल्मै बन्देज पनि लाग्न सक्छ। यदि त्यसो भएमा मल्टीस्टारर भनिएको यो फिल्मको व्यापारमा नै प्रभाव पर्न सक्छ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ।

विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ।

फिल्म चैत २९ गते रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार