

काठमाडौं । एकपछि अर्को गरी रेकर्ड बनाइरहेको सुनको मूल्यले साताको पाँचौ कारोबार दिन (बिहीबार) पनि नयाँ रेकर्ड कायम गरेको छ । बुधबारको तुलनामा प्रतितोला १२ सय रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।
यसअघि मंगलबार एकै दिन १८ सय रुपैयाँले बढ्दै सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार ७ सय पुगेर नयाँ रेकर्ड बनाएको थियो । तर, बुधबार भने सुनको मूल्यमा करेक्सन देखिएको थियो ।
सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाइरहँदा स्थानीय बजारमा चाँदीको मूल्य भने ओरालोमा छ । बुधबारको तुलनामा प्रतितोला २५ रुपैयाँले घट्दै सुनको मूल्य प्रतितोला १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश ३१३१ डलरमा किनबेच भइरहेको छ ।