

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक सुरु भएको छ । बिहीबार मध्याह्न उपमेयर सुनिता डंगोलको अध्यक्षतामा कार्यपालिकाको बैठक सुरु भएको हो ।
बैठकमा मेयर बालेन शाह सहभागी छैनन् । आफूले निलम्बन गरेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएपछि बालेन असन्तुष्ट छन् ।
कार्यालय प्रवेश गरेपछि पनि उनी कार्यकक्षमा प्रवेश गर्न खोज्दा मेयर बालेन शाहले कार्यकक्षमै चाबी लगाएर सम्पर्कविहीन भएको कर्मचारीहरूले बताएका छन्।
गुरागाईँले कार्यकक्षमा प्रवेश गर्न रोक लागाएपछि बोर्ड बैठक हलमा उपप्रमुख डंगोल, वडाध्यक्षहरू सबै बैठक बसेका थिए। अनौपचारिक बैठकमा उपप्रमुख डंगोलले मेयर शाहको चर्को आलोचना गरिन्।
नगरप्रहरी प्रमुख राजु पाण्डेलाई उपप्रमुख डंगोलले ताला किन लगाएको भनेर प्रश्न गर्दा उनले गोलमटोल जवाफ दिएका थिए। उपप्रमुख डंगोलले केरकार गरेपछि पाण्डेले मेयरको मौखिक आदेशमा लगाएको बताएका थिए।