

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो।
बुधबार शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्याली माइतीघर मण्डलामा पुगेर धर्ना बसेको थियो।