

काठमाडौं : काठमाडौंको त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार गोविन्द कोइरालाले शानदार जित निकालेका छन्।
२६७१ मत खसेकोमा कोइरालाले १२१५ मत अर्थात् विपक्षी भन्दा ३ गुणा बढी मत ल्याएर अध्यक्ष जितेका हुन्। स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६८३ मत ल्याए भने अनेरास्ववियुका उम्मेदवार प्रमित विष्टले ४३१ मत ल्याए। त्यस्तै, राप्रपानिकट विद्यार्थी संगठनले १५ मत पाएको छ।
यहाँ नेविसंघविरूद्ध सात संगठनले मोर्चाबन्दी गरेर उम्मेदवारी दिएका थिए तर नेविसंघले प्यानल नै जितेको नेविसंघ केन्द्रीय सभापति दुजाङ शेर्पाले बताए।
अनेरास्ववियु, अनेरास्ववियू, अखिल (क्रान्तिकारी), अनेरास्ववियु (क्रान्तिकारी बहुमत), अनेरास्ववियू (समाजवादी) लगायत विद्यार्थी संगठनले भागबन्डा गरी उम्मेदवारी दिएका थिए।
६ वटा कम्युनिष्टघटक विद्यार्थी संगठन र एउटा आदिवासी जनजाति महासंघको विद्यार्थी संगठनले मोर्चा गरेर नेविसंघविरूद्ध खडा भएका थिए।
स्ववियु अध्यक्ष जितेका कोइराला कांग्रेस महामन्त्री गगन थापानिकट हुन्।
नेपालकै पहिलो क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पसमा १६ वर्षपछि स्ववियु निर्वाचन भएको हो।