

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले राजा ल्याउने परिवर्तन नभएर प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने व्यवस्था गर्न सुझाव दिएका छन् ।
प्रत्यक्ष कार्यकारीको व्यवस्था गरे आफू पनि त्यसमा उम्मेदवारी दिन तयार रहेको साम्पाङको भनाई छ । उनले प्रत्यक्ष कार्यकारीलाई ५ वर्ष देश चलाउन दिनुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजा ल्याउने परिवर्तन होइन प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने र चुनिएको राष्ट्रपतिले जो जसलाई लिन चाहन्छ ती व्यक्तिहरूलाई लिएर मन्त्रीमण्डल बनाएर चुपो लागेर ५ वर्ष देश चलाउन दिने व्यवस्था गरौँ । आजको माग यो हो, राजा होइन । म पनि उम्मेदवारी दिनेछु ।