किन हात धोएरै बालेनहरूको पछि लाग्छन् ओलीहरू ?-Sutra News

किन हात धोएरै बालेनहरूको पछि लाग्छन् ओलीहरू ?

बिहिबार, २१ चैत्र २०८१

बिहिबार, २१ चैत्र २०८१

काठमाडौं । हाम्रो देशको राजनीतिमा दिन प्रतिदिन गलत नियतका नेतृत्वकाे  प्रभावले समस्या सिर्जना गरिरहेकाे छ।  भ्रष्टीकरण स्वरूपमा देखापरेको राजनीतिले सबैभन्दा ठूलो चुनौती लोकतान्त्रिक प्रणालीप्रति बनाएकाे छ । राजनीतिमा भ्रष्टीकरणकाे बढ्दो प्रभुत्वले विश्वासको यो संकट झनै गहिरिँदै गएको छ।



लोकतन्त्रलाई जनताको शासन भनिन्छ र विडम्बनाको कुरा के हो भने, राजनीतिमा भ्रष्टीकरण मौलाउन थालेका कारण त्यसबाट जनताको विश्वास डगमगाउन सुरु भएको छ। अवस्था यति बिग्रिएको छ कि, हामीले ‘लोकतन्त्र’लाई ‘बन्दुक र शक्तिको तन्त्र’ भन्न थालिसकेका छौ। अहिले ‘पैसा’, ‘शक्ति’, ‘भ्रष्टाचार माफिया’लाई राजनीतिक सफलताको आधार मानिन थालेको छ।

असल मान्छे बिस्तारै बिस्तारै पलायन हुँन थालेका छन्। अहिले बालेन जस्ता ब्यक्तिका पछाडि उनलाई असफल बनाउन प्रधानमन्त्री निरन्तर लागेका छन्। राम्रो कामको जस हाम्रो मान्छेले लिनुपर्छ, हाम्रो पार्टीले लिनुपर्छ भन्ने होडबाजीले गर्दा नेपाली राजनीतिमा भ्रष्टीकरण बढिरहेको छ। पछिल्लो समय कुलमान घिसिङ त्यसको सिकार भए अब पालो बालेनको।

विद्युत प्राधिकरणका पुर्व कार्यकारी प्रमुख कुलमानलाई सिध्याउन सिङ्गै मन्त्रिपरिषद लाग्यो। अवकाश हुन थोरै समय बाँकी रहँदा उनीलाई अनेकौं लान्छना लाएर बर्खास्त गरियो। आज महानगरका मेयर बालेनको हालत उस्तै छ। भ्रष्टाचार गर्नेलाई कार्वाही गर्छु भन्दा उल्टो राज्यले भ्रष्टाचारीलाई जोगाउन खेल खेल्छ।

देशमा अझैसम्म पनि त्यो नोकरशाही प्रवृत्ति हटेको छैन। एमालेका सिङ्गो सांसद देखि तल्लो तहका पार्टी सदस्यहरु अधक्ष्य केपि ओलीका दास बन्न बाध्य छन्। हरेक पार्टीका कार्यकर्ता पार्टी सभापति/अध्यक्षका मौन दास हुन्- चाहे जुनसुकै पार्टी हुन्। गलतको विरुद्ध बोल्ने स्कुलिङ नै बिकास हुन दिइदैन अनि कसरी मुलुक दासताबाट बिच्छेद हुन सक्छ ?

बालेन विरुद्ध राज्य नै हात धोएर लागिरहेको बेला महानगरका भ्रष्ट कर्मचारी विरुद्ध उनले उठाएको मुद्दा सहि थियो। तर सिङ्गै कर्मचारी नै बालेनलाई असफलतातिर धकेल्दै छन्। अहिले राजावादी हाबी हुनुको पछिल्लो कारण पनि यहि नै हो- राज्य पार्टी नियन्त्रणमा भयो। जनताको अधिकार र स्वतन्त्रता नै बन्दकीमा परेको अनुभुति भएको छ।

जनताको लागि हो भने, जनताको नाम भजाउने, घुस बजाउने कार्यक्रम राज्यले नै सन्चालन गरेको छ। भनाइ चाहिँ जनता तर काम गराइ बिकास विरोधी नीति र आउने चुनावका लागि पैसा कमाउ नीति व्यापक हुँदै छ। यस अर्थमा राजनीतिमा अपराधीकरण धेरै मौलाएको छ।

असल मान्छेलाई सिध्याउने पछिल्लो कडिको सिकार भएका कुलमान एउटा महत्वपूर्ण उदाहरण हुन्। अहिले नेपाल रास्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि बिधान र कार्यबिधीमै परिवर्तन गरेर आफ्नो मान्छे ल्याउने खेल हुँदै छ। तर, बालेनको कुरा बेग्लै हो- बालेनलाई यदि असफल बनाइयो भने युवा वर्गले त्यतिकै छोडनेवाला छैनन्।

सरकार नै राज्यविरोधी गतिविधिमा यदि संलग्न हुन्छ भने अरु जनताले कस्को आशा राख्ने ? राजनीतिमा नैतिकता र मूल्यमान्यताको कमीले अपराधीकरणको समस्यालाई थप गम्भीर बनाएको छ। प्रायः राजनीतिक दलहरू आफ्नो निहित स्वार्थका लागि आपराधिकीकरणको छानबिन गर्नबाट पछि हटिरहेको छ। राजनीतिक नियुक्ति सरकारलाई कमाइ खाने भाडाे भएको छ।

मुलुकको राजनीति र कानून निर्माण प्रक्रियामा गलत पृष्ठभूमि भएका व्यक्तिहरूको उपस्थितिले लोकतन्त्रको गुणस्तरमा नकारात्मक असर पार्छ नै, यस्को असर पुस्तान्तरण हुँदै जान्छ। नेपाली राजनीतिको अपराधीकरणका कारण हाम्रो निर्वाचन प्रक्रियामा कालो धनको प्रयोग निकै बढेको छ। राजनीतिको अपराधीकरणले देशको न्यायिक प्रक्रियामा पनि प्रभाव पार्छ र भ्रष्टविरुद्धको अनुसन्धान प्रक्रिया समेत प्रभावित र सुस्त भइरहेको छ।

राजनीतिमा प्रवेश गर्ने अपराधीहरूले सार्वजनिक जीवनमा भ्रष्टाचारलाई बढावा दिन्छन् र कर्मचारीतन्त्र, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका लगायतका अन्य निकायहरूमा प्रतिकूल असर पार्छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार