

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा एकल अंकको बृद्धि भएको छ । बिहीबार ३.३५ अंकले बढ्दै नेप्से २७०३.३९ को बिन्दुमा उक्लिएको छ ।
यसअघि बुधबार नेप्से २३.८६ अंकले बृद्धि भएको थियो ।
परिसूचकमा बृद्धिसँगै बिहीबार कारोबार रकममा पनि बृद्धि भएको छ । १ करोड ५५ लाख २ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ८४ करोड ४६ लाख रुपैयाँको भयो ।
बिहीबारको कारोबार रकम १५ कारोबार दिनयताकै उच्च हो ।१४ कारोबार दिन नेप्सेमा ८ अर्बमाथिको कारोबार भएको थियो ।
एकल अंकले परिसूचक बृद्धि भए पवनि आज अधिकांश समूहको सूचकमा भने करेक्सन देखिएको छ । बैंकिङ, हाइड्रो, निर्जिवन र अन्यको सूचकमा बृद्धि हुँदा बाँकी सबै समूहको सूचक घट्यो ।
सँगै कारोबारमा आएका १५१ कम्पनीको मूल्य घट्दा ९३ कम्पनीको मूल्य बढ्यो ।
बिहीबार कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स र नेपाल रि इन्स्योरेन्स शीर्ष स्थानमा रहे ।
बिहीबारको कारोबार नेप्सेको उकालो यात्रालाई कायमै रहने संकेत गरेको छ । सँगै, लगानीकर्ता थप सक्रिय भएको पनि देखाउँछ ।